V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नलिब बैंकले ल्यायो बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना

निजी क्षेत्रबाट सञ्चालित अग्रपंक्तिमा रहेको प्रतिष्ठित बैंक नबिल बैंक लिमिटेडले बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना ल्याएको छ । नबिलले बैदेशिक भ्रमणमा जाने ग्रहकहरुको सुविधालाई मध्य नजर गर्दै आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भिसा इन्टरनेशनल प्रिपेड कार्ड, बैंक ड्राफ्टस र बिदेशी मुद्रा सटही जस्ता सेवाहरुका लागि आउने ग्राहकहरुलाई बैदेशिक यात्रा बीमा योजना सेवा पनि उपलब्ध गराउनेछ । यो पूर्णत नबिन अवधारणालाई नबिल बैंकले सर्वप्रथम नेपाली बजारमा ल्याएको छ । यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्स लिमिटेडसँग साझेदारी गरेको छ । अब नबिल बैंकबाट सेवा लिन आउने ग्राहकहरुले बिना झन्झट बैंकका काउन्टरहरुबाट बैदेशिक यात्रा (ट्राभल) स्वास्थ्य बीमा तुरुन्त खरिद गर्न सक्नेछन् ।
विदेश यात्रा गर्ने यात्रीहरुलाई स्वास्थ्य बीमा निकै नै उपयोगी हुने जनाइएको छ । यसले अचानक र अनपेछित बिरामी, बिदेश बसाईको क्रममा हुने दूर्घटना र जाँंच गरि हराएका ब्यागेज र राहदानी, यात्रामा ढिलाई, अपहरण जस्ता घटनाहरुबाट हुने क्षतीको भरण गर्दछ । ‘मलाई विश्वास छ कि ट्राभल बीमा सेवाको हाम्रा बैंकका सेवाहरुसँग समायोजनबाट ग्राहकहरुको सम्पूर्ण यात्रा आवश्यकतालाई एकद्वार प्रणालीबाट समाधान दिन सÔम हुनेछौ । साथै यसले बिदेश यात्रा गर्ने ब्यक्तीहरुलाई सुरÔित र सुबिधाजनक यात्राको लागि बीमाको महत्वबारे सजग गराउन पनि मदत गर्नेछ । बैंकिङ सेवाका साथ बिदेश यात्राको लागि ग्राहकहरुका सुबिधामा कटिबद्ध हुदै आएका हामी, अब बीमा सेवाको साथमा हाम्रा ग्राहकको सुरक्षामा पनि कटिबद्ध हुनेछौ । यो सेवाको लागि हामी प्रभु इन्सुरेन्स लिमिटेडसंग सहकार्य गर्न पाउदा ज्यादै हर्सित छौं’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने । नयाँ प्रविधि अनुशरण गर्नमा र नवीनतम वस्तु तथा सेवाको विस्तार गर्न नबिल बैंक अग्रस्थानमा रहँदै आएको छ । बीमा योजना तुरुन्त जारी गर्ने सेवासँगै समाजलाई केही नौलो सेवा प्रदान गर्ने क्रममा नबिल बैंकले अर्को अध्याय थपेको छ, जसबाट बिदेश यात्रा गर्ने सम्पूर्ण यात्रीहरु लाभान्वित हुनेछन् ।

प्रकाशित समय १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010