मेगा बैंक र जनरल इन्स्योरेन्सबीचको सम्झौताले गाउँ–गाउँमा निर्जीवन बीमाकर्तालाई सहज
हलोदेखि हाइड्रोसम्मको नारा लिएर तीव्र रुपमा प्रगति गरिरहेको मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले बैंकास्योरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि मेगा बैंकका ग्राहकहरुले घर, गाडी, उद्योग व्यवसाय, स्टकलगायतका निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने मेगा बैंकले जनाएको छ । ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट जनरल इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । पछिल्लो समय बीमा कम्पनीहरु र बैंकबीच बैंकास्योरेन्स सम्झौताहरु हुन थालेपछि बीमाका शाखाहरु नपुगेका क्षेत्रमा बैंकका शाखाहरु रहेका भए पनि ग्राहकहरुले सहजरुपमा बीमा सेवा प्राप्त गर्न सक्ने भएका छन् ।
प्रकाशित समय १८:५९ बजे




















