1100×100 Nabil Advert

माछापुच्छ्रे बैंकमा आर्टिफिसियल इन्टेलिजेन्स सेवा माया

घरमै बसी–बसी चौबीसै घण्टा आफ्नो खाताको बारेमा सूचना तथा जानकारी लिन सकिने

प्रविधिको क्षेत्रमा एकपछि अर्को गर्दै भइरहेका परिवर्तनलाई आत्मसात गर्दै माछापुच्छ्रे बैंक लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को शुरुवात गरेको छ । हाल ‘माया’को सेवा बैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’मार्फत् माछापुच्छ्रे बैंकका सेवा सुविधाहरु लगायत बैंकिङ्ग सम्बन्धी जिज्ञासाहरुको जवाफ पाउन सकिने बैंकले जनाएको छ । यो सेवा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भएकोले ग्राहकहरुसँगको अन्तक्र्रियाबाट ‘माया’ले स्वयं पनि आफ्नो बौद्धिकता अभिवृद्धि गर्दै लैजाने छ ।
बैंकका अनुसार फेसबुक मेसेन्जरमा सम्पर्क गरी ग्राहकहरुले चौबिसै घण्टा सातै दिन आफ्नो खाताको ब्यालेन्स, खाताको विवरण, नजिकका शाखा, एटिएम, बैंकले प्रदान गरिरहेको बचत खाता, कर्जा, ब्याजदर, वित्तीय साक्षरतासम्बन्धी जानकारी ‘माया’मार्फत पाउन सकिने बैंकले जनाएको छ । यो सेवामार्फत ‘माया’ले हजारौं ग्राहकहरुको लाखौं प्रश्नलाई तुरुन्त विभिन्न स्रोतमार्पmत् सूचनाहरुलाई संकलन गरी ग्राहकको जिज्ञासाहरु मेटाउनसक्ने क्षमता रहेको बैंकले बताएको छ । साथै उक्त सेवा नेपालमै पहिलो पटक बैंकिङ्ग क्षेत्रमा प्रयोगमा ल्याएको बैंकले जनाएको छ । ग्राहक माझ ‘माया’ले सरल, सहज, भरपर्दो तथा तुरुन्त जानकारी दिनसक्ने माध्यमको रुपमा बेग्लै परिचय बनाउने विश्वास बैंकले लिएको छ । ‘माया’सँग अन्तक्रिया गर्न फेसबुक मेसेन्जरमा माछापुच्छ्रे बैंक सर्च अथवा मेसेन्जर कोड वा क्यूआरकोड स्क्यान गर्नुपर्ने छ ।
बैकले देशभरका ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर, २७ शाखारहित बैकिङ्ग सेवासमेत गरी कूल १ सय १५ स्थानबाट ग्राहकहरुले सम्पूर्ण बैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । बैकको देशभर ९९ वटा एटिएमहरु सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

प्रकाशित समय १९:३५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु