1100×100 Nabil Advert

एभरेष्ट बैंकद्वारा नेपाल-भारत क्रस-बोर्डर रियल-टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौं । हालै सम्पन्न नेपाल-भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप “इबिएल टच २४’ मार्फत् नेपाल र भारतबीच ‘रियल-टाइम क्रस-बोर्डर रेमिट्यान्स सेवा’लाई औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ । यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्नेछन् ।

 

नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन् । जसअन्तर्गत नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५ हजार मासिक अधिकतम भारु एक लाख रुपैयाँसम्म सहजै भारत पठाउन सक्नेछन् । त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु दुई लाखसम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन् ।

 

नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेसको प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन् । साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय १५:०१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु