1100×100 Nabil Advert

गरिमा विकास बैंक बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६ बाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६ बाट सम्मानित भएको छ । न्यू बिजनेस एज लिमिटेडद्वारा २०८३ बैशाख २५ गते काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा यस विकास बैंक बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” अवार्डबाट सम्मानित भएको हो ।

 

माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकको तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप हौसला प्रदान गरेको छ । यस सुखद अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहकहरु, शेयरधनीहरु, सम्पूर्र्ण कर्मचारीहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।

 

यस विकास बैंक भारतीय चेम्बर अफ कमर्शद्वारा अगष्ट २९, २०२५ मा आयोजित ईर्मजिङ् एसिया बैंकिङ् अवार्डमा द वेष्ट बैंक र वेष्ट एआई÷एमएल इम्प्लिमेन्टेशन विधामा उत्कृष्ट सहित वेष्ट एमएसएमइ एक्सिलेरेशन विधामा रुनर अप र कर्पोरेट क्लब नेपालले फेब्रुअरी २५, २०२५ मा आयोजित अवार्ड समारोहमा द एचआरएम अर्वाड फर कर्पोरेट एक्सीलेन्स २०२४ बाट समेत सम्मानित भईसकेको छ ।

 

हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित समय १०:३३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु