1100×100 Nabil Advert

खल्तीले ल्यायो सबै प्रयोगकर्ताका लागि नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्दछ । यससँगै खल्ती नेपालमा ‘नियो बैंकिङ’ युगको सुरुवात गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म बनेको छ ।

 

यसअघि यो ब्याज सुविधा साविकको आइएमई पे बाट माइग्रेट भएका सीमित प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध थियो । तर अब यो सीमा हटाउँदै खल्तीले आफ्ना सम्पूर्ण केवाईसी प्रमाणित व्यक्तिगत प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ को सुविधा विस्तार गरेको छ । यससँगै खल्ती वालेट अब केवल भुक्तानी गर्ने माध्यम मात्र नभई प्रयोगकर्ताको एक आधुनिक बचत उपकरणका रूपमा परिणत भएको छ ।

सुपर वालेटको विशेषता र फाइदाहरू :
० आकर्षक ब्याजदर : हाल वार्षिक २.७५% का दरले ब्याज प्रदान गरिने र यो दर साझेदार बैंकद्वारा निर्धारित मानक ब्याजदरमा आधारित रहेको हुनाले मासिक रूपमा परिवर्तन हुन सक्ने ।
० स्वचालित ब्याज : सुपर वालेट सक्रिय भएपछि वालेटमा रहेको मौज्दातमा दैनिक आधारमा ब्याज गणना भई मासिक रूपमा स्वतः वालेटमा जम्मा हुने ।
० सरल डिजिटल प्रक्रिया : कुनै बैंक भ्रमण वा झन्झटिलो कागजी प्रक्रिया बिना नै खल्ती एपबाटै यो सुविधा तुरुन्त सुचारु गर्न सकिने ।

सुपर वालेट सक्रिय गर्न आवश्यक योग्यता :

यो सुविधा प्राप्त गर्न प्रयोगकर्ताको खाता केवाईसी प्रमाणित हुनुपर्नेछ र निम्नमध्ये कुनै एक सर्त पूरा गरेको हुनुपर्नेछ :
० केवाईसी प्रमाणित भई कम्तीमा १० वटा सफल कारोबार सम्पन्न गरेको, वा
० केवाईसी प्रमाणित भई वालेटमा इखभचलष्नजत द्यबबिलअभ रु. १,००० कायम गरेको ।
(यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध छ; पीओएस र मर्चेन्ट खाताहरू यसका लागि योग्य हुने छैनन् ।)

कसरी आवेदन दिने ?

प्रयोगकर्ताहरूले खल्ती एपको होम स्क्रिनमा रहेको ‘सुपर वालेट’ सेक्सनमा गई ‘एप्लाई’ बटनमा ट्याप गरेर सहजै आवेदन दिन सक्नेछन् । आवेदन दिएको भोलिपल्ट बिहानसम्ममा सुपर वालेट सक्रिय हुनेछ । साविकका आइएमई पे प्रयोगकर्ताहरूको हकमा यो सुविधा पहिले नै सक्रिय रहेकाले उनीहरूले पुन : आवेदन दिनु पर्ने छैन ।

 

यस विशेष अवसरमा बोल्दै आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भन्नुभयो :- ‘नेपालको ठूलो जनसंख्या आज पनि औपचारिक बैंकिङ प्रणालीको पहुँचभन्दा बाहिर छ । सुपर वालेटमार्फत हामी यही असमानतालाई सम्बोधन गर्दैछौं । अब हरेक नेपालीले चाहे ऊ गाउँको किसान होस्, सहरको साना व्यवसायी होस्, विदेशमा पसिना बगाइरहेको कामदार होस्, वा सानो खर्च गर्ने विद्यार्थी नै किन नहोस् उसको हरेक रुपैयाँले उसैको लागि काम गर्नेछ । एक विद्यार्थीले समेत आफ्नो सानो रकम कसरी बढ्दै गइरहेको छ भन्ने प्रत्यक्ष अनुभव गर्न सक्नेछ, जसले उनीहरूमा सानै उमेरदेखि बचतको स्वस्थ बानी विकास गराउनेछ । खल्ती अब केवल डिजिटल भुक्तानीको माध्यम मात्र होइन यो नेपालीहरूलाई वित्तीय अनुशासन र बचतको संस्कार सिकाउने एक माध्यम हो । यो खल्तीको व्यावसायिक सफलता मात्र होइन, नेपालको वित्तीय लोकतन्त्रीकरण र वित्तीय साक्षरतातर्फको एक निर्णायक कदम हो ।’

 

आइएमई खल्ती लिमिटेड नेपालको एक अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो, जसले लाखौँ प्रयोगकर्ताहरूलाई भुक्तानी, रेमिट्यान्स र विभिन्न बैंकिङ सुविधाहरू प्रदान गर्दै आएको छ । कम्पनीले प्रविधिको प्रयोगमार्फत नेपालीहरूको वित्तीय जीवन सहज बनाउन निरन्तर काम गरिरहेको छ ।

प्रकाशित समय ११:०७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु