1100×100 Nabil Advert

नेपाल बैंकले ल्यायो ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

काठमाडौं । नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरुलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ । सो योजना अनुसार नेपाल बंैक लिमिटेडबाट कर्जा उपभोग गरी वि.सं. २०७९ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रू. १ करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले वि.सं. २०८३ आषाढ मसान्तभित्र योजना अनुसार शर्तसहितको ब्याज छुट सुविधा उपभोग गरी कर्जा चुक्ता गर्ने सुवर्ण अवसर प्रदान गरिएकोले बैंकले आफ्ना सम्बन्धित कर्जा ग्राहकहरूलाई ब्याज छुटको सुविधा लिई कर्जा चुक्ता गर्नुहुन अनुरोध समेत गरेको छ ।

 

साथै वि.सं. २०८० वैशाख १ गते पश्चात निष्कृय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले वि.सं. २०८२ चैत्र मसान्तभित्र बक्यौता सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिनुहुन समेत बैंकले अनुरोध गरेको छ ।

प्रकाशित समय १२:३८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु