हालसम्म ३६ मा रास्वपा, ६ मा कांग्रेस र २/२ स्थानमा एमाले र नेकपाको विजय
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३६ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् भने ६ स्थानमा नेपाली कांग्रेस र २/२ स्थानमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले विजय हासिल गरेका छन् । त्यसैगरी एक स्थानमा स्वतन्त्रले जितेको छ ।
अहिलेसम्म ८३ स्थानमा रास्वपाले अग्रता लिएको छ भने १० स्थानमा कांग्रेस, समान ८/८ ठाउँमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले अग्रता कायम गरिरहेका छन् भने ४ ठाउँमा श्रम संस्कृति पार्टी, १ ठाउँमा राप्रपा र १ ठाउँमा स्वतन्त्रले अग्रता कायम राखेका छन् । केही स्थानको मतगणना शुरु हुनै बाँकी छ ।
प्रकाशित समय १३:३१ बजे




















