एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने
काठमाडौं । एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति माग गरेको छ।
आज २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गर्दै नेपाल राष्ट्र बैंकसँग स्वीकृतिका अनुमती माग गरेको हो।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ। सोही आधारमा बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
राष्ट्र बैंकबाट सहमति प्राप्त भएपश्चात बैंकको वार्षिक साधारण सभामा उक्त प्रस्ताव स्वीकृतीका लागि पेश गरिने बैंकले जनाएको छ ।
प्रकाशित समय १५:२१ बजे




















