1100×100 Nabil Advert

डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ हाउसको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड ‘इक्सेलेन्स इन डिजिटल ट्रान्सजेक्सन्स फिस्कल इयर २०८१/०८२’ र इक्सेलेन्स इन नेपाल पे क्यूआर ट्रान्सजेक्सन्स फिस्कल इयर २०८१/२०८२’ बाट सम्मानित भएको छ । आ.व. २०८१/०८२मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा क्यूआर कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।

 

नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो । समायानुकुल नविनतम डिजिटल बैकिङ्ग सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको छ । विकास बैंक २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्मजिङ एशिया बैकिङ् कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।

 

हाल, गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रकाशित समय २१:१६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु