1100×100 Nabil Advert

प्रभु बैंकका सीइओ पक्राउपछि बोले उद्योगी पाण्डे

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेपछि उद्योगी प्रवलजंग पाण्डेले कडा टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् कडा असन्तुष्टि व्यक्त गदै लेखेका छन्- ‘उद्योगीलाई पहिला थुन अनि सुन, व्यापारीलाई पहिला थुन अनि सुन, साना कर्मचारी पहिला थुन अनि सुन, बैंकरलाई पनि पहिला थुन अनि सुन, तर राजनीतिज्ञलाई जे गरे पनि जो आए पनि नथुन ।’

 

उनको यो टिप्पणी राजनीतिज्ञ र अन्य व्यवसायिक क्षेत्रका व्यक्तिहरुमाथि गरिएको सुरक्षा निकायले गरेको विभेदप्रति लक्षित रहेको छ । शेरचनलाई ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयलाई लिएर सीआईबीले अनुसन्धान गरेको थियो । सिआइबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । पछिल्लो पटक प्रभु बैंकका डिसिइओ मणिराम पोखरेललगायत अन्य केही कर्मचारीसमेत पक्राउ परेका छन् ।

प्रकाशित समय ०९:११ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु