1100×100 Nabil Advert

अवलोकनकर्ताको भीडभाड बढेपछि नाइमा मोविलिटी एक्स्पो २०२५ सोमबारसम्म चलाइने

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताहरुको भीड बढेपछि भोलि सोमबारसम्मका लागि प्रदर्शनी थप गरिएको छ । गत बुधबार शुरु भएको एक्स्पोमा अवलोकनकर्ताहरुको चाप बढ्दै गएपछि उत्साहित भएका आयोजकले प्रदर्शनी अवधि एक दिन बढाउने भएका हुन् ।

 

एक्स्पोमा चारपाङ्ग्रे गाडी तर्फ बीवाइडी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, , म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोडा जेको, प्युजो, प्रोटोन, रेनो, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलएस अटो, महिन्द्रा टोयोटा, जीकर र फक्सवागन ब्रान्ड छन् । त्यसैगरी दुईपाङ्ग्रेतर्फ एम्पियर, एथर, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायोलेट, बजाज, बेनेली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, याज्दी र जीहो रहेका छन् । वाणिज्यिक सवारीतर्फ फारिजोन, हाउजी, कामा, कारी, किङलङ , चेरी वान्डा, डोङफेङ र सनलङ सहभागी छन् ।

एक्स्पोमा पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार ५ सय र चौथो दिन शनिबार २१ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भए । प्रदर्शनी भोलि सोमबारसम्म चल्ने आयोजकले जनाएका छन् ।

प्रकाशित समय ०९:४९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु