1100×100 Nabil Advert

एभरेष्ट बैंक लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस सभाले शेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै यस सभाले बैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाई आगामी ४ बर्षकालागि पुन निर्बिरोध निर्वाचित गरेको छ ।

आ.ब २०८१/८२ को लागि एन.अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

प्रकाशित समय २१:५१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु