1100×100 Nabil Advert

बीमाको विकास, प्रवद्र्धन र बीमितको हितलाई प्राथमिकता दिनुहोस् : अध्यक्ष सिलवाल

ललितपुर । नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमाको विकास, प्रवद्र्धन र बीमितको हितलाई प्राथमिकता दिन आग्रह गरेका छन् । प्राधिकरणको आयोजनामा विराटनगरमा संचारकर्मीहरूसँगको बीमा सम्बन्धी समसामयिक विषयमा अन्तक्र्रिया कार्यक्रम गर्दै अध्यक्ष सिलवालले सो आग्रह गरेका हुन् ।

अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानी सम्बन्धी गुनासाहरूलाई सम्बोधन गर्दै दाबी भुक्तानीलाई थप प्रभावकारी बनाउन प्राधिकरण प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संचारमा माध्यममा कार्यरत संचारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख विनोद कुमार पोखरेलले गर्नुभएको थियो ।

प्रकाशित समय १३:०६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु