1100×100 Nabil Advert

भन्सार छलेर ल्याइएका १२ लाख ५० हजारका कपडा बरामद

झापा । भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले बुद्धशान्ति गाउँपालिका-७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका-६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो ।

बुद्धशान्ति-७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी अर्को टोलीले मेचीनगर-६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको रु दुई लाख ५० हजार बराबरको कपडा बरामद गरेको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

प्रकाशित समय ११:५१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु