1100×100 Nabil Advert

सलिको र नेपाल पर्यटक यातायात व्यवसायीबीच सहज सेवाका लागि समझदारी

काठमाडौं । नेपालको निर्जीवन वीमा क्षेत्रमा दशकौंदेखि चीर-परिचित नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताबाट नेपाल पर्यटक यातायात व्यवसायी संघसँग आवद्ध सवारी धनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा आफ्नो सवारी साधनको व्यापक बीमा गराएको अवस्थामा सो सवारी साधन दुर्घटनामा परि क्षति भएमा बीमितले आफ्नो सवारी मर्मत गर्दा लाग्ने खर्चवापतको क्षतिपूर्ति रकम सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा नेपाल पर्यटक यातायात व्यवसायी संघको तर्फबाट संघका अध्यक्ष वेदराज बास्तोला तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित समय १०:४३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु