1100×100 Nabil Advert

तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

तनहुँ  । आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् ।

उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् । आव २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । सो आवमा ५१ लाख २१ हजार आठ सय राजस्व सङ्कलन भएको छ । आव २०७९/८० मा ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित समय १०:२६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु