बाढीले अपर इर्खुवा खोला र फेदिखोला जलविद्युत आयोजनामा जनधनको ठूलो क्षति
भोजपुर । आरती पावर कम्पनीद्वारा भोजपुरको ईर्खुवा खोलामा निर्माण कार्य भइरहेको १४.५ मेवा क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा गत राति आएको बाढीले ठूलो क्षति गरेको छ । बाढीबाट निर्माण कार्यमा खटिएका श्याम चौधरी र रमेश चौधरी वेपत्ता छन् भने रामकुमार चौधरीलाई करिब १ किलोमिटर तल घाइते अवस्था भेटिएको छ । घाइते रामकुमारको उपचार भइरहेको जनाइएको छ ।

बाढीले एक जना स्थानीयबासी महिला पनि बेपत्ता भएकी छिन् । आयोजनाको निर्माण कार्यमा खटिएको लेवर क्याम्प, क्रसर जडान गरिएको करिब ५ सय मिटर पाइपसमेत बगाएको छ । त्यसैगरी भोजपुरमै निर्माण कार्य भइरहेको अर्को ४.३ मेगावाटको फेदिखोला जलविद्युत् आयोजनामा समेत गए रातिको बाढीले ठूलो क्षति पुर्याएको छ ।
प्रकाशित समय ०९:०३ बजे




















