1100×100 Nabil Advert

जयपृथ्वी राजमार्ग अवरूद्ध

देउलेख (बझाङ) । वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध भएको हो ।

बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जीप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन् ।

सडक नियमित सञ्चालनका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय बझाङले बैतडी प्रशासनलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताउनुभयो । उहाँले बझाङ–बैतडीको सिमाना भए पनि बैतडीको खोड्पे नजिकै पहिरो गएकाले पहिरो हटाउन सहजीकरण र सहयोग गर्न बैतडी प्रशासनलाई अनुरोध गरिएको बताउनुभयो ।

प्रजिअ कुइकेलले जयपृथ्वी राजमार्गअन्तर्गत मालालाग्ने भीरमा पनि पहिरो गएकाले स्थानीय तहसँग जनशक्ति र आवश्यक उपकरण उपलब्ध गर्न अनुरोध गरिएको बताउनुभयो । राजमार्ग नियमित सञ्चालन गरी जनजीवन सामान्य बनाउन सबैले सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रकाशित समय १२:४७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु