ग्लोबल आइएमई बैंक विश्वका एक हजारभित्र पर्ने व्यवसायिक लक्ष्यसहित अघि बढ्दै
काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण व्यवसायहरुले आफ्नो व्यवसायलाई विश्व समुदायमाझ उत्कृष्ट सावित गराउने प्रयास निरन्तर जारी राख्दछन् । उक्त प्रयासलाई वास्तविकतामा प्ररिणत गर्न व्यवसायिक कसरत वा गतिविधिका साथ अथक मेहनत गर्दा पनि केही व्यवसायी वा व्यवसायलाई मात्र विश्व समुदायमाझ उत्कृष्ट हुने सौभाग्य प्राप्त हुन्छ । आजको समयमा विश्वका सम्पूर्ण देशहरु एक-अर्काको छिमेकजस्तै भइसकेका छन् । कुनै एक देशको गतिविधिले भौगोलिक अवस्थामा क्षीतिज पारी रहेको देशलाई पनि विभिन्न किसिमका व्यवसायिक प्रभाव पारिरहेको हुन्छ । सम्पूर्ण व्यवसायको आफ्नो-आफ्नो किसिमका फरक-फरक व्यवसायिक लक्ष्य भए पनि सबैको उद्देश्य भनेको भएका व्यवसायहरुमध्य आफ्नो व्यवसायलाई अब्बल सावित गर्नु हो ।
अझ विश्वव्यापिकरणको युगमा कुनै एउटा भूगोलमा स्थापित व्यवसायको प्रतिस्पर्धा विश्वको अर्को कुनामा रहेका व्यवसायसँग रहँदै आएको छ । त्यसैले आजको नयाँ तथा स्थापित व्यवसायहरुको लक्ष्य भनेको विश्वभरीका आफ्नो प्रतिस्पर्धीहरु माझ आफूलाई उत्कृष्ट सावित गर्नु हो । कुनै एउटा व्यवसायले आफूलाई उत्कृष्ट सावित गर्दा उक्त व्यवसायले आफ्नो स्थापना भएको देशको झण्डालाई विश्वसामु उच्च बनाउँछ । विश्वमाझ देशलाई परिचित गराउने भएकाले देशका प्रख्यात कलाकारहरु तथा विभिन्न व्यक्तित्वहरुलाई देशको गहनाको रुपमा चिन्ने गरिन्छ । यसैगरी आजको विश्वमा व्यवसायहरुले विश्वमाझ उत्कृष्ट सावित गरी देशको झण्डा अन्तर्राष्ट्रिय समुदायमा उँचो बनाउन प्रयासरत छन् ।
यस्तै व्यवसायिक संस्थाहरुमध्येको एक हो ग्लोबल आइएमई बैंक । सम्पूर्ण नेपालीहरुमाझ बैंकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्य राखी ‘सबैका लागि बैंक’ भन्ने मूल नारासहित २०६३ सालमा स्थापना भएको नेपालीहरुको बैंक हो- ग्लोबल आइएमई बैंक । ग्लोबल आइएमई नेपालको सबैभन्दा ठूलो बैंक हो भन्ने कुरालाई बैंकका वित्तीय सूचांकहरुको माध्यमबाट आफूलाई अब्बल स्थापित गरिसकेको छ । बैंकको देश भित्र रहने नागरिकका लागि मात्र होइन विश्वभरि रहनुभएका नेपाली नागरिकहरुलाई बैंकिङ्ग सेवा दिने प्रयास स्वरुप विश्वका विभिन्न मुलुकहरुमा बैंकको प्रतिनिधि कार्यालयहरु राखी सेवा सञ्चालन गरिरहेको छ । देश भनेको भौगोलिक क्षेत्रमात्र नभई नागरिक पनि देश हो भन्ने मान्यतालाई आत्मसात गरी नेपाली नागरिकहरु रहनुभएको प्रदेशबाटै नेपाली बैंकको माध्यमबाट बैंकिङ्ग कारोबार गर्न सहजता प्रदान गरिरहेको छ । जसले उक्त बैंकको ‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई थप सार्थकता प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो वित्तीय संस्थाको रुपमा स्थापित भइसकेको छ । ग्लोबल आइएमई बैंकले नविनतम सेवा तथा सुविधाहरुमा सार्वजनिक गरी बैंकको ग्राहकहरुलाई प्रविधिमा आधारित सेवाहरु प्रदान गरिरहेको छ । आफ्ना विभिन्न नवीनतम सेवाहरु आम बैंकिङ्ग क्षेत्रका ग्राहकमाझ लोकप्रिय भइसकेका छन् । अन्य वित्तीय संस्थाहरुले पनि उक्त सेवा तथा सुविधालाई अंगिकार गरेको देखिन्छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका बैैंक तथा वित्तीय संस्थाको विभिन्न सूचकहरुको सुक्ष्म मूल्याङ्कन गरी विभिन्न महादेशबाट उत्कृष्ट बैंकहरु छनौट गर्दै आइरहेको छ । उक्त ग्लोबल फाइनान्स म्यागजिनले प्रदान गर्ने अवार्डलाई विश्वस्तरमा प्रतिष्ठित अवार्डको रुपमा लिने गरिन्छ ।
विगतका वर्षहरुमा उक्त अवार्डका लागि अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई छनौट गर्दै आइरहेको थियो । तर यस वर्षदेखि एशिया प्यासिफिक क्षेत्र पनि समावेश गरेको थियो र उक्त क्षेत्रहरुमा नेपालको तर्फबाट ग्लोबल आइएमई बैंकलाई बेष्ट बैंक अवार्ड प्रदान गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । यसैवर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बंगलादेशको स्टान्डर्ड चार्टर्ड बंगलादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित भएका थिए । एशिया प्यासिफिकअन्तर्गत नेपालको बैंक ग्लोबल आइएमई बैंकले उक्त सम्मानसहित नेपालको झण्डा विश्वमञ्चमा फर्फराएको हो ।
साथै, ग्लोबल आइएमई बैंकले देशभित्रका विभिन्न अभियानहरुमा नेत्तृत्वदायी भूमिका पनि निर्वाह गर्दै आइरहेको छ । दीगो विकास लक्ष्य २०३० प्राप्तिको लागि बैंकले नेपाल सरकार वा सरकारका माताहतका विभिन्न संस्थाहरु वा विदेशी संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको छ । बैंकले वातावरणीय प्रदुषण कम गर्नको लागि विभिन्न किसिमका गतिविधि सञ्चालन गरिरहेको छ । बैंकले आफ्नो कार्यालयभित्र प्लाष्टिकजन्य वस्तुहरुको कम प्रयोग गर्ने अभियान सुचारु गरी अन्य बैंक तथा वित्तीय संस्था र सम्पूर्ण व्यवसायहरुलाई यस अभियानमा लाग्न समेत आह्वान गरेको छ । बैंकले सार्वजनिक तथा व्यक्तिगत सवारीसाधनमा विद्युतीय साधनको पहुँच विस्तारको लागि पनि न्यूनतम् ब्याजदरमा कर्जा विस्तार गर्दै आइरहेको छ । बैंकको ग्रिन आवास कर्जा योजनाको विशेषताहरुलाई हेर्ने हो भने ती कुराको पुष्टि गर्दछन । ग्लोबल आइएमई बैंक एक कर्पोरेट सिटिजन भएका कारणले यसले आफू स्थापित भएको समाजलाई एक असल नागरिकको परिचय दिई सेवा सञ्चालन गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएको छ ।
बैंकले लघु, साना तथा मझौला व्यवसायमा आम नागरिकलाई आर्कषण गर्नको लागि न्यूनतम् व्याजदरमा कर्जा सुनिश्चितताको लागि आईएफसीसँग ५६ मिलियन डलर ऋण लिई लैङ्गिक तथा जलवायु फाइनान्सिङ्गका क्षेत्रहरुमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ । यस्ता कर्जाहरुको विस्तारले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सृजना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्नेे छ । बैंकले आफ्नो व्यवसाय विस्तार गर्दा पनि नेपाली माटोको आवश्यकतालाई आत्मसात गरी विभिन्न सेवा तथा सुविधा सार्वजनिक गर्दै आइरहेको छ । साथै, बैंकका अध्यक्ष चन्द्र्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकलाई विश्वको उत्कृष्ट एक हजार बैंकमा समावेश गर्ने लक्ष्य राख्नुभएको छ । बैंकले कुन कुन-अवार्ड पायो त, हेरौं :
ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’
ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्गलगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।
ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।
ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।
ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न थप उत्साहित गर्नेछ । बैंकका ग्राहकवर्गहरुको माया, कर्मचारीवर्गको लगनशीलता, शेयरधनी महानुभावहरु, नियमनकारी संस्थाहरु, अन्य सरोकारवालाको मार्गदर्शनले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंकमा स्थापित गरेको छ ।
‘युरोमनी अवार्ड फर एक्सलेन्स- बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित
सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एकमात्र अवार्ड हो । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको थियो । युरोमनी म्यागाजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको थियो । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरु रहेका छन् । अमेरिकाको बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आइएमई बैंकको A रेटिङ
इक्रा नेपालले जारीकर्ता रेटिङमा ग्लोबल आइएमई बैंकलाई [ICRANP–IR] A प्रदान गरेको छ । यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ । बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय सञ्जाल, स्वस्थ व्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा यस बैंकको रेटिङको स्तर वृद्धि गरिएको हो ।
‘बेष्ट इन्टरनेट बैंक २०१६-नेपाल’ अवार्ड
ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन ‘इन्टरनेशनल फाइनान्स म्यागजिन’ द्वारा ‘बेष्ट इन्टरनेट बैंक २०१६-नेपाल’ अवार्डबाट सम्मानित भएको थियो । सिंगापुरमा आयोजना भएको उक्त विशेष कार्यक्रमका बीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको थियो । ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्धारा सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंक नेपाली भाषा (देवनागिरिमा) इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो ।
सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था
ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८-७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो । आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको थियो ।
मर्जरमा ऐतिहासिक रेकर्ड
सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ । यसलाई मर्जर तथा प्राप्तिमा ऐतिहासिक रेकर्ड भन्न सकिन्छ । आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ्ग सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।
प्रकाशित समय १३:३६ बजे




















