1100×100 Nabil Advert

राष्ट्रपति पौडेल स्वदेश फिर्ता, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ । उहाँ स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश फर्कनुभएको हो । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुुख एवं प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति पौडेल गत जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

उक्त सम्मेलनमा सहभागी भई उहाँ असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा हुनुहुन्थ्यो । राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरूलगायत हुनुहुन्थ्यो ।

प्रकाशित समय १२:१३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु