1100×100 Nabil Advert

बजेट जनता र राष्ट्रको पक्षमाः प्रधानमन्त्री दाहाल

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै उहाँले बजेट समग्रमा सन्तोषजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।” सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उहाँको भनाइ छ । “यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु”, उहाँले भन्नुभयो ।

प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री दाहालले कुनै परिवर्तन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “मैले अस्तिको दिन मात्रै तीनैजना आइजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।”

प्रकाशित समय ११:४१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु