1100×100 Nabil Advert

अन्यौलता हटाउन नाडाले गर्‍यो भन्सार विभागका महानिर्देशकसँग छलफल

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासँग भेटगरी भन्सार मूल्याङ्कनका सम्बन्धमा परिरहेको समस्याहरुका विषयमा छलफल गरेको थियो । सो छलफलमा चौधरीले बर्तमान बजेटमा सवारी साधनहरुमा मुल्य अभिबृद्धिकर लाग्ने भन्ने उल्लेख नभएकोे सन्दर्भमा व्यवसायीहरुले मूल्य अभिबृद्धि कर लिने वा नलिने अन्यौलता भएको बताउनु भयो ।

सोही छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले भन्सार विभागले मालबस्तु छुटाई लैजाने सम्बन्धमा जारी गरेको सूचनाका बारेमा जिज्ञासा राख्दै वर्तमान समयमा सो तोकिएको समयमा भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीहरुको जाचपास गर्न नसकिने बताउनु हुँदै सयम थपका लागि आग्रह गर्नु भएको थियो ।

उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले भन्सारसँग सम्बन्धित ७ बूँदे लिखित सुझावहरु प्रस्तुत गर्दे टायर लुव्रिकेण्टस जस्ता अटोमोवाइल बस्तुहरुको गुणस्तर मापन गर्ने व्यवस्था गर्न र देशमा गुणस्तर युक्त सामानहरु आयात गर्न सरकारले प्राथमिकता दिनु पर्ने माँग राख्नु हुदै यसबाट देशमा रोजगारी सिर्जना हुने र देश आत्मनिर्भरतर्फ अग्रसर हुने बताउनु भयो । सोही छलफलमा महासचिव उप्रेतीले नेपाल मै सिकेडी मोडेलमा अटोमोवाइल वस्तुहरु पनि उत्पादन गर्न सकिने भन्नु हुदै भारतबाट अटोमोवाइल कवाडी सामानहरु समेत आयात हँदा व्यवसायमा असर परिरहेको बताउनु भएको थियो । सोही क्रममा महासचिव उपे्रतीले एक्जीम कोडको नविकरण अवधि १ वर्षबाट ५ बर्ष पुर्‍याउने व्यवस्थाका लागि समेत आग्रह गर्नु भयो ।

सो छलफलमा नाडाका सचिव विक्रम सिंहानियाले दिल्ली नेपाल चल्ने बस सेवाबाट अटोमोवाइल वस्तुहरुको अनधिकृत आयात हुने गरेको बताउनु हुदै एअरपोर्ट कुरियर मार्फत पनि नेपालमा अटोमोवाइल कम्पोनेण्टहरु आउने गरेकोले सरकारले सीमामा कडाई गर्नु पर्नेे धारणा राख्नु भयो । नाडाका हेलमेट समितिका उपसभापती नारायणप्रसाद पौडेलले हेलमेट जस्तो वस्तु जनताको जीवन शुरक्षासँग सम्बन्धित भएकोले नेपालमा गुणस्तरिय हेलमेटहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनु पर्ने र त्यसका लागि विभागले त्यसको गुणस्तर मापन गर्ने यन्त्र समेत राख्नु पर्ने धारणा राख्नु भयो ।

छलफलको अन्त्यमा महानिर्देशक निरौलाले नेपालका अटोमोवाइल क्षेत्रका समस्याहरुका विषयमा आफु जानकार रहेको र नाडाका सुझावहरु मनननीय रहेको बताउनु हुदै सवारी साधनमा मूल्य अभिबृद्धि कर नलाग्ने व्यवस्था भुलबस भएको बताउनुभयो । त्यसैगरी उहाले आउदो आषाढ मसान्तसम्म भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको जाँचपास गरि दिन अनुरोध गर्नुभयो । उक्त छलफलहरुमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य नवराज भुषाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय १६:१३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु