1100×100 Nabil Advert

बजेटमा सङ्क्रमणकालीन न्याय र सङ्घीयताको सबलीकरणका विषय समेट्नुपर्ने हुन्छ : सांसद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले बजेटमा सङ्क्रमणलकालीन न्याय र सङ्घीयताको सबलीकरणसम्बन्धी विषयलाई समावेश गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा उहाँले द्वन्द्वपीडितका समस्या समाधान गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी काम पूरा गर्न बजेटमा पर्याप्त रकम नछुट्याइएको उहाँले टिप्पणी गर्नुभयो । शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको तर सरकारले द्वन्द्वपीडितलाई न्याय दिनेगरी काम गरेको आभास आफूलाई नभएको बताउनुभयो ।

“हामी साँच्चै द्वन्द्वपीडितलाई न्याय दिने पक्षमा छौँ ?” उहाँले प्रश्न गर्नुभयो, “संविधानको महत्वपूर्ण यो पक्षलाई गम्भीर रुपमा लिएर द्वन्द्वपीडितलाई न्याय दिनुपर्छ, त्यसो गर्न नसके अन्तर्राष्ट्रिस्तरमा मुलुकको विश्वसनीयता गुम्नेछ ।” संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि सङ्घीयतासम्बन्धी कानुन नबनेकामा उहाँले दुःख व्यक्त गर्नुभयो ।

प्रकाशित समय १७:४९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु