1100×100 Nabil Advert

संविधान र कानून विपरीतको कार्य तत्काल रोकियोस् : सांसद् झा

काठमाडौं । लिङ्ग परिवर्तन र हर्मोनल क्लिनिक गैरकानूनी रूपमा सञ्चालन भएको विषय संघीय संसद्मा उठेको छ । संविधान र कानून विपरीतको यो कार्य तत्काल रोकिनुपर्ने माग संसद्मा उठेको हो । समलिङ्गी, तेस्रो लिङ्गीले आफ्नो पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता पाइरहेको अवस्थामा पनि महिला, पुरुष बन्ने र पुरुष, महिला बन्ने गलत अभ्यासको संसद्मा आवाज उठेको हो ।

प्रतिनिधि सभाको मंगबार बसेको बैठकको विशेष समयमा जनता समाजवादी पार्टीकी सांसद रञ्जु झाले हर्मोन क्लिनिक र लिङ्गी परिवर्तन गराउन उक्साउने काम तत्काल नरोके यसले विकराल रूप लिने बताइन । उहाँहरू महिला र पुरुष भएर नागरिकता लिने तरखरमा हुनुहुन्छ, नेपाल सरकारले दिएको पाइएको छ, उनले भनिन्, त्यसको पनि म ध्यानाकर्षण गराउन चाहन्छु, त्यस्तो गलत प्रवृत्ति, गलत काम, गैरकानुनी कामलाई सरकारले रोकोस् ।

नागरिकता ऐन २०६३ मा भएको संशोधन अनुसार समलिङ्गी, तेस्रो लिङ्गीलाई पहिचान अनुसार अन्य विधामा नागरिकता दिने व्यवस्था छ । तर, महिला, पुरुष र पुरुष, महिला बन्ने गलत अभियान यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको हक अधिकारमा काम गर्ने एनजिओहरूले चलाएका छन् । यसको समुदायभित्रबाट चौतर्फी विरोध भइरहेको छ ।

तर, एनजिओहरूको नेतृत्वमा रहेकाहरूले व्यक्तिगत स्वार्थका लागि समुदायको स्वास्थ्यमा गम्भीर असर पर्ने मात्र नभई मृत्यु समेत हुन थाल्दा समेत नेपाल परिवार नियोजन संघसँग मिलेर हर्मोन क्लिनिक नै सञ्चालन गरेका छन् । लिङ्ग परिवर्तनका लागि उक्साउने गरेका छन् । एनजिओहरूको यस्तो गलत एवं गैरकानूनी काम तत्काल रोक्न सांसद झाले सरकारको ध्यानाकर्षण गराएकी हुन् । देशभरका ७५३ स्थानीय तहमा सिटामोल पुग्न नसकेको अवस्थामा फेसनको रूपमा हर्मोन क्लिनिक सञ्चालन गर्ने काम तत्काल रोकिनुपर्ने उनले बताइन । लिङ्ग परिवर्तनका लागि हर्मोनल क्लिनिक खोल्ने एनजिओहरूको काम रोक्न सरकार गम्भीर बन्नुपर्ने उनले बताइन । त्यसकारण सभामुख महोदय लिङ्ग परिवर्तनका लागि हर्मोनल क्लिनिक खोल्ने काम एनजिओहरूले गरेका छन्, उनले भनिन्, त्यतातिर नेपाल सरकार गम्भीर होस् ।

जथाभाबी प्रेसरको रूपमा हर्मोन प्रयोग भइरहेको छ । फेसनको रूपमा प्रयोग हुन थालेको हर्मोनले ठुलो मानवीय क्षति पुग्ने भन्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरूले चिन्ता व्यक्त गरेका छन् । नागरिकता ऐनमा संशोधन भएर ‘अन्य’ पहिचान पाएका लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा नसाका रूपमा गैरकानुनी रूपमा वितरण हुने हर्मोनले मानसिक स्वास्थ्य समेत प्रभावित बनाउने समुदायका सदस्यहरूले बताए । यो दुरुत्साहन रोक्न सरकार तत्काल सजग बन्न जरुरी रहेको उनीहरूले माग गरे ।

राम्री हुने होडबाजीमा समुदायका धेरै जना हर्मोनको अन्धाधुन्दा प्रयोगमा लाग्दा विभिन्न किसिमका शारीरिक र मानसिक समस्याहरूमा परिरहेका छन् । मधुमेह, मिर्गौला सम्बन्धी समस्या, युरिक एसिड, थाईराइड, क्यान्सर, छाला सम्बन्धी समस्या, विभिन्न आन्तरिक समस्या आदिमा पर्नु परेको अवस्था छ, समुदायका एक सदस्यले भने, तर सन् २००१ देखि काम गर्दै आइरहेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकार र सशक्तीकरणका लागि खुलेको संस्था नील हिरा समाजले बाटो बिराएको आभास हुन्छ ।

जथाभाबी हर्मोन लिने यो समुदायका मानिसहरू राम्रो भन्दा नराम्रो काममा बढी प्रोत्साहित भएको ती सदस्यले बताए । हर्मोनको जानकारी संस्थागत रूपमा नील हिरा समाजले दिन नसक्नु, संस्थाभित्र नै हर्मोनको व्यवसायीकरण हुनु, राजनीतिकरण हुनु र अन्धाधुन्ध तरिकाले संस्था नै सर्जरी र हर्मोन जस्तो विषाक्त औषधिको व्यापार प्रवर्धनमा लाग्नु आदीले यो समुदायको शारीरिक र मानसिक अवस्था दिनानुदिन नाजुक हुँदै गइरहेको छ, समुदायका सदस्यले भने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कुनै मापदण्ड बिना परिवार नियोजन संघसँग मिली हर्मोन वितरण गर्नु र यो समुदाय भित्र महिलाको लिङ्गमा जन्मिएकालाई पुरुष र पुरुषको लिङ्गमा जन्मिएकालाई महिला बनाउन गलत अभ्यास र होड बाजी नै चलेको छ ।

प्रकाशित समय १७:१३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु