1100×100 Nabil Advert

अर्थमन्त्रीले घोषणा गरेको ६ प्रतिशतको आर्थिक बृद्धिदर सम्भव छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई सकारात्मक भनेका छन् । उनले बजेटमा घोषणा गरिएका कुराहरु राम्रोसँग कार्यान्वयन हुन सक्यो भने ६ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हासिल हुन सम्भव रहेको बताएका छन् ।

उनले भनेका छन्- नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो सोही अनुरूप नयाँ चरणको सुधार र आयोग बन्नेसँगै सुधार बर्ष घोषणा भएको छ ।

महासंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ । कृषिमा करार खेती र पहाडमा फलफूल खेती को विषय आएको छ । पर्यटनमा वैवाहिक पर्यटन, पर्यटन हिल स्टेशन विकास गर्ने विषय आएका छन् । सूचना प्रविधि र स्टार्टअपमा केही सहुलियत र विस्तारका योजना छन् ।

निजी क्षेत्र प्रवर्द्धन जुन महासंघको सधैंको माग थियो, त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ । यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ । बाँकी राजश्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्नेछ ।

प्रकाशित समय १८:४५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु