1100×100 Nabil Advert

भोजपुर–खोटाङ जोडिने कोट–पाँचधारे सडकखण्ड स्तरोन्नतिको काम धमाधम हुँदै

भोजपुर । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट-पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका-६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो । सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्नेलगायतको काम भइरहेको छ ।

छ नम्बर वडा कार्यालयको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको ८० लाख बजेटबाट पिखुवाखोला पुलबाट वडा नं ६ कार्यालयसम्मको सडक स्तरोन्नति थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । पश्चिमी क्षेत्रको महत्त्वपूर्ण सडक रहेकाले प्राथमिकतासाथ काम अघि बढाएको उहाँले बताउनुभयो । हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ ।

सडक स्तरोन्नतिपछि कृषि उपज बजार पुर्‍याउन सहज हुने स्थानीयवासी हरिकुमार राईले बताउनुभयो । विगतका वर्षायाममा झै अब सास्ती खेप्नुनपर्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

प्रकाशित समय ०८:३९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु