1100×100 Nabil Advert

हिमालयन बैंकद्वारा इनरुवामा शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये इटहरी शाखा-२ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं.-१, सुनसरीबाट चैत्र १ गतेदेखि विभिन्न बैकिङ सेवा विस्तार गरेको छ । बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक श्रीमती इन्द्र चौलागाई मैनालीले गर्नुभएको थियो । उक्त समारोहमा इनरुवाका मेयर, उपमेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरुको पनि उपिस्थति रहेको थियो ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६५ सयभन्दा बढी पोइन्ट अफ सेल टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १५:२३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु