बुढानीलकण्ठ र हात्तीगौंडामा हिमालयन बैंकको सेवा विस्तार
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट विभिन्न बैकिङ सेवा विस्तार गरेको छ । फागुन २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणाले अन्य कर्मचारीहरुको उपस्थितिमा गर्नुभएको थियो ।
यसैगरी बैंकको कावासोती शाखा-२ लाई पनि गोछडा वडा नं. १७ नवलपुरमा स्थानान्तरण गरी फागुन २७ गतेदेखि सेवा सुचारु गरेको छ ।
हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४, एटीएम ६५ सयभन्दा बढी र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई विभिन्न बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १५:५७ बजे




















