1100×100 Nabil Advert

महालक्ष्मी विकास बैंकले ल्यायो अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमी सशक्तिकरण योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले आलय प्रालि र रायन इनर्जी प्रालिको सहकार्यमा महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको शुरुवात गरेको छ । यस अन्तर्गत महालक्ष्मी विकास बैंकले बनेपा, धुलिखेल र काभ्रेपलाञ्चोकमा रहेका महिला लघु उद्यमीहरुलाई विद्युतीय सवारी साधन खरिदको लागि वित्तीय सहयोग प्रदान गर्नेछ । साथै आधिकारिक विक्रेता तथा निर्माताको रुपमा रहेको रायन इनर्जी प्रालिले सुरक्षित तथा वातावरणीय अनुकूल विद्युतीय सवारी साधनहरु आपूर्ति गर्नेछ र सोको आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत प्रदान गर्नेछ ।

यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवर्धन, वित्तीय विशेषज्ञता तथा नवीनतम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशील साझेदारीको रुपमा रहने छ । साथै यो सम्झौताले महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीय मैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको सो सहकार्य लैङ्गिक समानता हासिल गर्न तथा महिलाहरुलाई अवसर सिर्जन गर्न तथा महिला सशक्तीकरणको लागि एक महत्वपूर्ण उदाहरणको रुपमा रहनेछ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरतरुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै बैंकले आफ्नो साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित छ ।

प्रकाशित समय २१:३८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु