नयाँ गठबन्धनको चहलपहलसँगै शेयर बजार हरियाली, लाग्यो सर्टिक ब्रेक
काठमाडौं । नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन सरकार बन्ने हजारहल्लाकै बीच शेयरबजारमा हरियाली छाएको छ । आज बजार खुलेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा केही घण्टामै दोस्रो सर्किट ब्रेक लागेको छ ।
९८.६९ अंक अर्थात् पाँच दशमलव शून्य तीन प्रतिशतले बढेर दुई हजार ५९ अङ्कमा पुगेर नेप्से ‘हल्ट’ भएको छ । धितोपत्र बजारमा छाएको यो हरियालीलाई सत्ता गठबन्धनको फेरबदलको हल्लाले पारेको प्रभावका रुपमा यसलाई लिइएको छ ।
प्रकाशित समय १२:१५ बजे




















