सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्यो बीमा सचेतना कार्यक्रम
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले विभिन्न जिल्लामा बीमा सचेतना कार्यक्रम गरेको छ । सर्वसाधारणलाई बीमा सम्बन्धी ज्ञान बढाउने उद्देश्यले सलिकोले उदयपुर शाखाका कर्मचारीहरु नन्दनकुमार चौधरी र चन्दन मल्ल ठकुरीको उपस्थितिमा कृषि बीमाको निम्ति तोकिएको जिल्ला खोटाङ बराहपोखरी गाउँपालिका बाघखोर भञ्याङग गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराको अध्यक्षता तथा प्रमुख अतिथि, उपाध्यक्ष भुवलराज राई र प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारीको विशेष आतिथ्यताका कार्यक्रम गरेको हो ।
कार्यक्रममा वडा नं. १ का वडाअध्यक्ष ढकबहादुर कार्की, २ का वडाअध्यक्ष पदमबहादुर मगर, ३ का वडाअध्यक्ष ताराकुमार राई, ४ का वडाअध्यक्ष शन्तोष आचार्य, ५ का वडाअध्यक्ष फौदराज राई, ६ का वडाअध्यक्ष दुर्गाबहादुर राई, गाउँपालिका पशु शाखा प्रमुख आशिस बन्जरा, कृषि शाखाका प्रमुख स्कन्द घिमिरे, पशु कृषि प्राविधिक वडासदस्यहरु, कृषक, कृषि फर्म सञ्चालक, कृषक व्यवसायी तथा अन्य व्यक्तित्वहरु जनप्रतिनिधिको उपस्थितिमा बीमा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला खोटाङ बराहपोखरी गाउँपालिका बाघखोर भञ्ज्याङ्गमा फागुन १४ गतेदेखि १६ गतेसम्मको पशु तथा कृषि बीमा सम्बन्धि गोष्ठी कार्यक्रममा १ नं. वडादेखि ६ नं. वडा सम्मको ३६ जना कृषकहरु सहभागी भएका थिए । उक्त पशु तथा कृषि बीमा सचेतना गोष्ठी कार्यक्रममा कृषकहरुलाई पशु तथा कृषि बीमाको परिभाष, महत्व, दावी प्रक्रिया गर्नेलगायत दावी गर्दा आवश्यक कागजातको विषयमा जानकारी गराई पशु तथा कृषि बीमासम्बन्धी गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सोही ठाउँका कृषकहरु पशु तथा सुन्तला खेती, मकै खेती आदिको बीमा गर्न इच्छुक भई बीमा गर्न प्रेरित भएर बीमा गर्न समय निकाली त्यहाँका प्राविधिक कर्मचारीलाई बोलाएर बीमा गर्ने सहमति जनाएका छन् । आगामी दिनमा पशु तथा कृषि बीमा सम्बन्धि गोष्ठी कार्यक्रमले कृषकहरु तथा जनप्रतिनिधिहरुलाई बीमासम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रमले उत्साह बनाएको कार्यक्रममा सहभागीहरुले जनाएका छन् ।
प्रकाशित समय १७:३४ बजे




















