1100×100 Nabil Advert

स्याङ्जाको मालुंगामा नेपाल टेलिकमको एफटिटिएच सेवा

स्याङ्जा । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको मालुङ्गाबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट (एफटिटिएच) सेवाको विस्तार गरेको छ । उक्त सेवामार्फत् मालुंगा क्षेत्र वरपर रहेका स्वाथ्यचौकी, क्याम्पस, स्कूल तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले अव उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट निर्वाधरुपमा चलाउन सक्नेछन् । एफटिटिएच सेवा अन्तर्गत २५ एमबिपिएसदेखि १ जिविपिएस स्पिड क्षमतासम्मको एक्सजिपोन प्रविधिमा आधारित विश्वसनीय फाइबर सेवा विस्तार गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख इन्दल यादवले बताए ।

मालुंगा बजार गल्याङ नगरपालिका वडा नं. १ अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्रसमेत हो र त्यस्ता केन्द्रहरुमा नेपाल टेलिकमको हाइस्पिड ब्रोडव्याण्ड सेवाबाट वञ्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख राकेश चौधरीले बताए ।

त्यसैगरी हाल वितरण गरिएको एनटिफाइबर सेवामार्फत् एउटै सरकारी दरमा ब्रोडव्याण्ड इन्टरनेट, टेलिभिजन, पिएसटिएन तथा मोबाइल डाटासमेत प्राप्त गर्न सकिने भएकोले यसलाई ‘फोर इन वान’ भनेर समेत चिनिने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए । उनका अनुसार यो सेवामार्फत् अनलिमिटेड इन्टरनेटका साथै अनलिमिटेड भ्वाइस सेवा समेत प्राप्त गर्न सकिने छ ।

एफटिटिएच सेवामा गुणस्तरियता र विश्वसनियता दुबै रहेकाले गल्याङ कार्यालयमार्फत् करिब १३ किलोमिटर परको दूरीमा विस्तार गरी प्रथमपटक मालुंगामा ल्याण्डलाइन सेवा ल्याइएको वडाअध्यक्ष मणिप्रसाद बस्यालले बताए ।

प्रकाशित समय २१:२५ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु