महिला भलिबल : नेपाल भारतसँग पराजित
काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३-१ सेटले पराजित भएको हो ।
खेलको पहिलो सेट २५-२३ ले गुमाएको नेपालले दोस्रो खेल २६-२८ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछिका दुई सेट नेपालले गुमायो । खेलको तेस्रो सेटमा नेपालले पुनः २५-२३ बनायाे भने चौथो सेटमा भारतले २५-१७ ले सहजै आफ्नो पक्षमा पार्यो । यसअघि समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।
प्रकाशित समय १२:०७ बजे




















