1100×100 Nabil Advert

हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले गरे भवनको शिलान्यास

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–२२ खिचापोखरी न्यूरोडस्थित बैंककै जग्गामा भवन निर्माणको लागि शिलान्यास गरेको छ । बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गर्नुभएको थियो । उक्त विशेष समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च पदस्थ कर्मचारीहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले बैंकले सो भवन निर्माणको लागि शिलान्यास गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले देशका विभिन्न प्रमुख शहरहरु जस्तै इटहरी, वीरगञ्ज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ भने काठमाडौंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो । त्यस्तै बैंकले भरतपुर र नेपालगञ्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरी ग्राहकहरुलाई सेवा प्रदान गर्ने योजना रहेको बताउनुभयो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले भवन निर्माणपश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकहरुलाई विशेष तथा परिष्कृत बैकिङ सेवा-सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताउनुभयो । यसबाट बैंकका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । हाल बैंकले देशभरि रहेका १७६ शाखा, २६८ ए टि एम, २० विस्तारित काउन्टर तथा १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रकाशित समय १७:५६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु