1100×100 Nabil Advert

गरिमा विकास बैंकको कीर्तिपुरमा १२२ औं शाखा सञ्चालनमा

काठमाडौं । विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको यस गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ । आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिदै यस विकास बैंकले ऐतिहासिक धरोहर बोकेको कीर्तिपुर, काठमाडौंमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२ औं शाखा कार्यालय सञ्चालन गरेको छ । काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ ।

हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत् सरल, सुरक्षित र गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रकाशित समय १३:५५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु