राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आवद्ध
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् । गेम वान प्रालि अन्तर्गतको एफ सी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच यो आबद्धतामा सहमति भएको हो ।
नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) मंसिर ८ देखि पुस १४ गते सम्म दशरथ रङ्गशाला काठमाडौंमा आयोजना हुँदैछ । एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिग इलाम टिमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रकाशित समय ११:१३ बजे




















