1100×100 Nabil Advert

कोशी प्रदेशको सुरक्षा अवस्थाबारे आज विराटनगरमा छलफल

विराटनगर । कोशी प्रदेशका ६ जिल्लाको सुरक्षा अवस्थाबारे आज प्रदेश राजधानी विराटनगरमा अन्तरक्रिया कार्यक्रम भइरहेको छ । अन्तरक्रियामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुख पनि विराटनगर आएका छन् ।

कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र समस्याहरूको पहिचानका लागि छलफल आयोजना गरिएको जनाइएको छ । छलफलमा गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसहितको सहभागिता छ ।

गृहमन्त्रीसमक्ष इलाम, झापा, धनकुटा, उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी दिने जनाइएको छ । यसै अवसरमा राजनैतिक दलका प्रतिनिधि र नागरिक समाजसँग पनि छलफल गरिने भएको छ ।

प्रकाशित समय १३:२१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु