1100×100 Nabil Advert

प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा राजनीतिक स्वार्थ जोडिएकाले नआएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले राष्ट्रिय सभागृह अगाडि आन्दोलनरतलाई संवादमा बोलाउँदा पनि नआएको भन्दै के वार्ता हामीले उहाँहरूको नेतासँग गनुपर्ने हो भनि प्रश्न गरेका छन् ।

उनले लेखका छन् ,‘विगत केही दिनदेखि केही अभियानताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौं भन्दा अभियानताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सयाद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नु पर्ने ?’ अभियन्ताहरू गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि उभिएर आन्दोलनरत छन् ।

 

प्रकाशित समय १३:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु