1100×100 Nabil Advert

राजनीति र पत्रकारिता दुवै जोखिमपूर्ण यात्रा : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति र पत्रकारिता दुवै क्षेत्र जोखिमपूर्ण यात्रा भएको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण कार्यक्रम २०८० मा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘राजनीति र पत्रकारिता दुवै क्षेत्र जोखिमपूर्ण यात्रा हो । राजनीतिमा भन्ने गरिन्थ्यो, राम्रो हुँदा सिंहासनको राज कुरा मिलेन भने चपरीमुनि बास । पत्रकारिता पनि त्यो भन्दा कम छैन ।’ त्यस क्रममा उनले सकारात्मक भन्दा नकारात्मक कुराहरु हाबी भइरहेको बताइन् ।

पत्रकारिता नभई नहुने क्षेत्र हो तर त्यहाँ यात्रा गर्न सहज नभएको उनको भनाई छ । उनले सहजै प्रवेश गर्न सकिने तर टिकिरहन र यसैमा आफ्नो भविष्य देख्ने कुरा अप्ठयारो देखिएको बताइन् ।

प्रकाशित समय १६:४२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु