डाक्टरमाथि भौतिक आक्रमण गर्नेलाई कडा कारबाही हुन्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, चिकित्सकमाथि आक्रमण गर्नेलाई सरकारले कडाभन्दा कडा कारबाही गर्ने बताएकी छिन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले डाक्टरहरुको विषयमा आवश्यक छलफल गरेर छानबिन अगाडि बढ्नु पर्ने भन्दै सरकारले कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
उनले भनिन्, ‘हस्पिटलले आफ्नो मर्यादामा रहेर काम गर्दा पनि जनताको आक्रोशको शिकार हुनुपर्ने र डाक्टरहरुलाई शारिरिक रुपमा नै आक्रमण गर्ने जुन अराजकपूर्ण अवस्था देखिएको छ । यो आफैमा बेठिक छ, यो समस्याको समाधान हुनुपर्छ । नेपालको कानून बमोजिम दोषीले सजाय पाउनु पर्छ । यो डाक्टरहरुको विषयमा आवश्यक छलफल गरेर छानबिन गरेर अगाडि बढ्नु पर्छ । कानूनी कारबाहीको लागि सरकार अगाडि बढ्छ ।’
यस्तै, उनले भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले अपर अरुण जलविद्युत परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलरको सहायता स्विकार गर्ने निर्णय भएको पनि जानकारी दिइन् । उनले भनिन्, ‘अर्थमन्त्रालयको प्रस्तावमा अपर अरुण जलविद्युत परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलरको सहायता स्विकार गर्ने, कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने, मोरोकोको मारकेशमा आयोजना हुने विश्व बैंक समूह र अन्तरराष्ट्रिय मुद्राको कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्विकृत दिने निर्णय भएको छ ।’
उनले राष्ट्रि संचाई नीति, २०८० स्वीकृत गर्ने र नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको बताईन् । साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छूट गरी १०–१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने, राष्ट्रि संचाई नीति, २०८० स्वीकृत गरेको छ, नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरिएको छ । गृहमन्त्रालय अन्तरगतमा अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र विभागमा २०८०, ०८१ का लागि २१ वटा अस्थायी दरबन्दी स्विकृत गर्ने, तीजना स्वास्थ्य प्रहरी अतिरिक्त महानिरिक्षक सरुवा गर्ने भन्ने निर्णय भएको छ ।
प्रकाशित समय १५:४६ बजे





















