रिपुमर्दिनी पेट्रोल पम्पमा हिमालयन बैंकको काउन्टर खुल्यो
काठमाडौं । हिमालयन बैंक लिमिटेडले भद्रकाली स्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा २०८० साल भाद्र २७ गते बुधबारको दिन देखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनबीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउनुहुने सम्पुर्ण ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै उक्त काउन्टर संचालनमा ल्याइएको हो ।
रिपुमर्दिनी पेट्रोल स्टेशनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरुले विभिन्न बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको नेपाल पे क्यूआर तथा सबै बैंकबाट जारी भएको एटिएम कार्ड मार्फत् पोस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् भने भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा एसएमएस मार्फत् क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्दछन् ।

बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोह बीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।
प्रकाशित समय १६:२४ बजे





















