1100×100 Nabil Advert

चीनसँगका सम्झौता कार्यान्वयनमा जोड दिन एमालेको प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं । एमाले उपमहासचिव प्रदिप ज्ञवालीले, प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको दौरान पहिला गरिएका महत्वपूर्ण सम्झौता कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे राजनीतिक दलसँग राय सुझावका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजना गरिएको छलफल कार्यक्रमपछि प्रतिक्रिया दिंदै उनले, नयाँ–नयाँ योजनाहरु थप्ने वा अन्य सम्झौताहरु गर्ने भन्दा पनि उच्चस्तरीय भ्रमणका क्रममा गरिसकेका पुराना सम्झौता कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

त्यस्तै नेपाल चीन सम्बन्धलाई लिएर बनेको अविश्वासलाई प्रधामन्त्रीले चिर्ने उनको भनाई छ । ‘नेपालले छिमेकसँग लिएको सन्तुलित नीतिबाट अलिकति अन्यत्र लाग्न खोजेको हो कि ?, चीनसँगको सम्बन्धलाई नेपालले कम प्राथमिकता दिएको हो कि, नेपालमा भइरहेको चिनियाँ लगानीलाई अलिकति निरुत्साहित गर्न खोजेको हो कि या अरु कुनै अंम्रेला सेक्युरिटीतिर नेपाल जान खोजेको हो कि ? भन्ने खालको जुन चीनलाई परेको छ ।’ उनले भने ‘त्यसलाई चिर्ने काम होइन नेपाल सधैं एउटा सन्तुलित असंलग्न परराष्ट्र नीतिको पक्षमा छ, चीन एउटा असल छिमेकी हो र चीन सँगको सम्बन्धलाई हामीले उच्च महत्व दिन्छौ भन्ने कुरामा विश्वास दिलाउने कुरामा बढी फोकस गर्नका निम्ति मैले आग्रह गरको छु ।’

बैठकमा सहभागी पूर्व परराष्ट्र मन्त्रीहरुले पनि चीन नेपाल सम्बन्धलाई विश्वासको उचाइमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाएको उनले बताए । साथै उनले यो भ्रमणको दौरान नयाँ नयाँ योजनाहरुलाई थप्ने भन्दा पनि पुराना सम्झौतालाई कार्यान्वयन गरनउनतर्फ लाग्नुपर्नेमा जोड दिएको धारणा राखे ।

‘खास गरेर २०१६, २०१८,२०१९ मा उच्चस्तरीय भ्रमणको क्रममा जे समझदारीहरु भएका छन् ति समझदारीहरुको कार्यान्वयनमै केन्द्रीत हुँदाखेरी पुग्छ । हामीले नेपाल चीन सम्बन्धको समग्र फ्रेमलाई निर्देशित गर्ने गरी हिमालयन वारपार बहुआयमीक सम्पर्क सञ्जाल भन्ने जुन नेटवर्क बजाएका थियौ । जस भित्र क्रस बोडर्र रेलवे, रोडवे, हवाई उड्ययन, समुन्द्री बन्दरगाहको प्रयोगलगायत क्रस बोर्डर ट्रान्समिसनका लाइनहरु पर्छन् । त्यसमध्येबाटै कार्यान्वयन गर्नु राम्रो हुन्छ र नयाँ नयाँ सूचीहरु थप्नु उचित हुदैन । त्यो भन्दा बढ्ता विश्वास जगाउने कुरामा केन्द्रीत हुन हामीले आग्रह गरेका छौं’ उनले भने । भदौं ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्री दाहाल त्यो भ्रमण सकेलगत्तै सिधै असोज चार गते चीन जाने कार्यक्रम छ ।

प्रकाशित समय १५:२७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु