1100×100 Nabil Advert

चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा प्रधानमन्त्री विश्वस्त

sf7df8f}F, !@ ebf}M k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú ;ª3Lo ;+;b ejg gofFafg]Zj/df dªunaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ;f+;bx¿n] ;f]w]sf] k|Zgsf] hjfkm lbFb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफ्नो आसन्न चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका छन् । चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलको छलफलमा उनले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने भन्दै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताएका हुन् ।

उनले भने, ‘यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो। यहाँ तपार्इंले जुन सुझावहरू दिनुभएको छ । प्राप्त सुझावहरू महत्वपूर्ण छन् । यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ । भ्रमण फलदायी र प्रभावकारी हुन्छ ।’

सरकारले दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए । उनले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकहरूलाई पारेको असर, शान्ति प्रक्रियाको विषयमा संयुक्त प्रयासका निम्ति अपील गर्ने प्रधानमन्त्रीले जानकारी दिए ।

प्रकाशित समय १५:३८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु