1100×100 Nabil Advert

सांस्कृतिक विविधताकै कारण नेपालीहरु विश्वसामु फरक पहिचानका साथ प्रस्तुत भइरहेका छन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले, संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको बताएका छन् । गौरा पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको बताएका हुन् ।

‘नेपालको सुदूरपश्चिम प्रदेशमा विशेषरुपमा मनाइने धार्मिक साँस्कृतिक महत्वको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको शुभकामना व्यक्त गर्दछु । संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेका छौं ।’ उनले भनेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उनको भनाई छ ।

उनले गौरा सुदूरपश्चिमको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व भएकाले यो पर्वले मानिसमा धार्मिक आस्था र आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित समय १०:२८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु