1100×100 Nabil Advert

बारा बस दुर्घटना : ७ जनाको मृत्यु ,१७ जना घाइते

काठमाडौं । बाराको जीतपुरसिमरा चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

तीर्थयात्री बोकेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका १७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय १०:४४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु