1100×100 Nabil Advert

कोशीका मुख्यमन्त्री विरुद्धको रिटमा आज सुनवाइ हुने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदैछ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
कोशी सरकारका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकेको छ ।

बुधवार नेता कार्कीले प्रदेशसभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दैे परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

प्रकाशित समय ०८:१३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु