प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीले निर्वाचन आयोग नेपालको वार्षिक प्रतिवेदन पेश गर्ने
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । विहीबार सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको १५ औं वार्षिक प्रतिवेदन २०७७ / ७८ तथा सोह्रौँ प्रतिवेदन २०७८ / ७९ पेस गर्नेछन् ।
प्रकाशित समय ०८:०७ बजे





















