1100×100 Nabil Advert

युकेमा आयोजिक अन्तर्राष्ट्रिय मार्सल आर्टमा उद्धव र गुनालाई पदक

काठमाडौं । नेपालका उद्धव थापा मगर र गुना गुरुङले अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा पदक जितेका छन् । उद्धवले दोहोरो स्वर्ण तथा गुनाले रजत जितेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत रहेका नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङले जनाएका छन् ।

युकेको योर्कसायरमा अगष्ट १३ तारिखमा भएको प्रतियोगितामा उद्धवले ट्रेडिसनल चाइनिज फम्र्सअन्तर्गत स्वोर्ड र ड्रङकन विधामा गरी दुई स्वर्ण जिते । गुनाले ताइची स्पर्धामा रजत जितिन् । अर्का सहभागी समिर श्रेष्ठ भने पदकविहीन रहे । प्रतियोगिताको व्यवस्थापकमा तेजबहादुर बरुवाल छन् भने युकेमा नेपाली टोलीको समन्वय लक्ष्मी मगरले गरेकी थिइन् ।

अध्यक्ष गुरुङले खेलाडीले पदक जितेकोमा खुशी व्यक्त गर्दै पदक विजेतालाई बधाइ दिए । उनका अनुसार टोली अगष्ट २० तारिखमा स्वदेश फर्किने छ ।

प्रकाशित समय २१:०४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु