1100×100 Nabil Advert

सुनिल शर्मालाई थुनामा नराख्न अदालतको आदेश

काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद सुनिल शर्मालाई थुनामा नराख्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश सुनाएको हो। जिल्ला न्यायाधीश दन्डपाणी शर्माले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका हुन् ।

शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ ।

प्रकाशित समय १९:२३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु